सगरमाथा संवाद कार्यक्रम सफल बनाउन सरकारले सक्रियता बढायो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख १५, सोमबार (६ घण्टा अघि)
  • ३५ पटक पढिएको
सगरमाथा संवाद कार्यक्रम सफल बनाउन सरकारले सक्रियता बढायो

बैशाख १५,काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम सफल बनाउन सरकार लागि परेको छ ।प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालयले सगरमाथा संवाद कार्यक्रम सफल बनाउन आ–आफ्नो तर्फबाट गर्नुपर्ने तयारीलाई तीव्र तुल्याएका छन् ।

यो खालको कार्यक्रम नेपालमा पहिलो पटक हुन गइरहेकाले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सक्रियता देखाएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

पाँच वर्षअघि ओली नै प्रधानमन्त्री रहेको बेला यो कार्यक्रमको घोषणा गरिएको थियो । यद्यपि कोभिड महामारीका कारण कार्यक्रम आयोजना हुन सकेको थिएन ।

प्रधानमन्त्री ओली कार्यक्रमको निर्देशक समितिका अध्यक्ष पनि हुन् । सरकारले आफ्ना महत्त्वपूर्ण मुद्दाबारे विश्वमा बहस चलाउन सन् २०१९ मा सगरमाथा संवाद स्थापना गरेको थियो । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघद्वारा घोषित अन्तर्राष्ट्रिय हिउँ दिवसको अवसर पारेर गत माघ ८ गते विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूत, जलवायु परिवर्तन विज्ञको उपस्थितिमा सगरमाथा संवादको घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस