बैशाख १५,काठमाडौँ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाडौंमा वैशाख १२ गते सम्पन्न भएको छ ।
यस अवसरमा माननीय मन्त्री दामोदर भण्डारीको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको अग्रवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । भु-उपग्रहको प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको छ ।
वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागू गरेर, नेपालले आगामी तीनवर्ष भित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्दछ । यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुनेछ ।
यस सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु,
१. कृषिबजार सूचना र विश्लेषण : नेपालको कृषि वस्तुहरूको मुल्य संकलनगर्छ। यसले दैनिक, साप्ताहिक, र मासिकरिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदानजसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ ।
२. कृषि वस्तु अनुसन्धान र परामर्श : कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदानगर्दछ, जसमाउत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्। ।
३. कृषिनिवेश अध्ययन र सल्लाह : बीउ, मल, र अन्य कृषिनिवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ ।
४. डिजिटल कृषि समाधानहरू : डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदानगरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।
५. कृषि समाचार र जानकारी : एग्रीवाचले कृषि सम्बन्धीताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।
साथै यस कार्यक्रमको अर्को प्रमुख उपलब्धि भनेको भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रहेको थियो । भारत सरकारले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यात लगायत कृषि संग सम्बन्धित विषयमा एनसेललाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुँदा भारतको औद्योगिक बस्तु निर्यातमा एनसेलको ठुलो हात रहेको छ ।
भारतले नेपाललाई दिएको २ लाख टन गहुं लगायत विगतमा चिनी लगायतका खाद्यान्न नेपाल आयात गर्दा एनसेल मार्फत नै आर्यात गरिएको थियो । एनसेल र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको विषेश अनुरोधमा नेपाल आमन्त्रण गरिएको हो । साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।