दृष्टिआई केयर सेन्टर नवौँ बर्षमा प्रवेश, नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ सेवा सुरु गर्ने घोषणा

दृष्टिआई केयर सेन्टर नवौँ बर्षमा प्रवेश, नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ सेवा सुरु गर्ने घोषणा

बैशाख १५,काठमाडौँ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित आँखा अस्पतालहरुमा सबैभन्दा ठूलो सञ्जाल भएको दृष्टिआई केयर सिस्टमद्वारा सञ्चालित दृष्टि आँखा अस्पताल कलकींले स्थापनाको आठौ बर्ष पुरा गरेको छ । अस्पतालले आठौ बार्षिकोत्सवको अवसरमा नयाँ प्रविधियुक्त कर्नियल क्रस लिंकिङ सेवा सुरु गर्ने घोषणा गरेको छ । आँखासम्बन्धी जनचेतना एवं गुणस्तरीय सेवा मार्फत सवैका लागि दृष्टि सधैका लागि दृष्टिको लक्ष्य हासिलमा प्राप्त भएको उपलब्धिलाई अस्पतालले गर्वका साथ स्मरण गरेको बताएको छ ।

स्थापनादेखि नै दृष्टिआई केयर सेन्टर, कलंकीले सर्वसुलभ रुपमा अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । विना सुई मोतिया विन्दुको शल्यक्रिया सेवाले बिरामीहरुलाई सहज,सुरक्षित र आरामदायी उपचार सुविधा उपलब्ध गराउन सफल भएको छ । आठौ बर्ष पुरा गरेको अवसरमा दृष्टिआई केयरले कर्नियल क्रस लिंकिङ सेवा सञ्चालनको थालनी गरेको छ । यो सेवा विशेष गरी केराटोकोनस तथा अन्य कर्नियल समस्या भएका बिरामीहरुका लागि अत्यन्त प्रभावकारी हुन्छ । कर्नियल क्रस लिंकिङले कर्नियालाई मजबुत बनाउने र रोगको नियन्त्रणका साथै दृष्टि संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ ।

दृष्टिआई केयर सिस्टम कलंकीका प्रमुख कार्यकारी अधिकृत डा. भाईराजा श्रेष्ठर्ले को सफल अनुभवले सर्वसुलभ रुपमा नविन प्रविधि र उच्चस्तरीय सेवामार्फत बिरामीहरुको आँखाको सुरक्षा र उपचारमा प्रतिबद्घ रहन प्रेरित गरेको बताए । डा. श्रेष्ठले विरामीप्रति समर्पित भएर नै दृष्टिआई केयर सिस्टम कलंकीले कर्नियल क्रस लिंकिङ सेवा सुरु गरिएको बताए ।

दृष्टिआई केयर सेन्टरका मेडिकल निर्देशक डा. सविता पालिखेले आगामी दिनमा सेवालाई अझ विस्तार गर्नुका साथै नयाँ प्रविधियुक्त रिफ्राक्टिक सर्जरी सेवा सुरु गरिने बताए । उनले अनुभवी र दक्ष चिकित्सकहरुको समूहबाट अत्याधुनिक प्रविधिका साथ आगामी दिनमा विरामीमुखी तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता जनाए ।

आठौ बार्षिकोत्सबको अवसरमा दृष्टिआई केयर सेन्टरले सम्पूर्ण विरामी, शुभचिन्तकतथा सहयोगीहरु प्रतिहार्दिक आभार प्रकट गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस