आज यी स्थानमा हुनेछ वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १६, मंगलबार (९ घण्टा अघि)
  • ५५ पटक पढिएको
आज यी स्थानमा हुनेछ वर्षा

बैशाख, १६ काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस