प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक पारित गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १६, मंगलबार (११ घण्टा अघि)
  • ५७ पटक पढिएको
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक पारित गरिने

बैशाख, १६ काठमाडौं । प्रतिनिधिसभाका बैठक मंगलबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्न लागेको संसद सचिवालयले जानकारी गराएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने  र  ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस