‘नेपाल–भारत दुवै देशको सम्बृद्धिमा सँगै अघि बढौँ ‘ :भारतीय राजदुत पुरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र १९, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र,काठमाडौँ । नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीले छिमेकी देशको नाताले नेपाल र भारतको हरेक विकास तथा सम्बृद्धिमा दुबै देश सँगै अघि बढ्नु पर्ने बताएका छन । राजदुत पुरीले भने–’नेपाल–भारत दुवै देशको सम्बृद्धिमा सँगै अघि बढौँ । दुई देश मिलेर अघि बढे पक्कै हामीले सोचेको सम्बृद्धी प्राप्त गर्नेछौँ । ‘ काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप) ले आयोजना गरेको ‘उदयमान भारत र यसको विदेश नीति’ को सम्बन्धमा आयोजित कार्यक्रममा उनले विकास र सम्बृद्धिको बाटोमा नेपाल र भारत संगसंगै जानु पर्ने बताएका छन् ।

उनले अरूण तेस्रोमा भारत र नेपाली लगानी कर्ताले ठुलो लगानी गरेको बताउँदै दुबै देशको लागि यस मार्फत सम्बृद्धिमा अघि बढ्न सहयोग पुग्ने बताए ।

त्यसैगरी नेपाल भ्रमणमा आएका अर्का वक्ता अखिल भारतीय विद्यार्थी परिषद्को राष्ट्रिय संगठन मंत्री सुनील अम्बेकरले भारतको विकास नेपालको सहभागीता विना सम्भव नहुने बताएका छन् ।

दुवै देशबीच साझा संस्कृति भएकोले दुबै देशको सम्बन्ध आम स्तरमा बुझिएको रोजी रोटीको सम्बन्ध भन्दा माथि रहेको उनले बताए । भारतको विकास प्रणालीबारे बोल्दै बक्ता अम्बेकरले भने, ‘भारतको विकास प्रणाली भनेको आफूसँगै साना–ठूला देशको पनि सँगसँगै विकास गर्दै लैजाने नीति छ ।’

त्यसैगरी उनले आतंकवादको कालो छायाँ दुनियाभर फैलिएको बताउँदै भारतको आतंकवाद विरूद्धको लडाईंमा नेपालको समर्थनको चर्चा र प्रशंसा पनि गरेका छन् ।

उक्त कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान, नेपालका प्रवन्ध निर्देशक दीपक कुमार अधिकारीले कार्यक्रमको औचित्वको बारेमा प्रष्ट पारेका थिए भने प्रतिष्ठानकी महासचिब नलिनी ज्ञवालीले कार्यक्रमको समापन गरेकी थिइन् ।

झन्डै २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नीति अनुसन्धानसंग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस