विवाहको चार महिनामै डिभोर्सको तयारीमा प्रियंका र निक !

चैत १९, काठमाडौँ । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच विवाह भएको चार महिनामै डिभोर्सको तयारी भएको अमेरिकी मिडियाको दावी छ ।

अमेरिकी म्यागजिन ओके सहित अन्य केही अनलाईनले जनाएअनुसार निक र प्रियंका डिभोर्सको तयारीमा नै पुगिसकेका छन् । निकको परिवार समेत प्रियंकासँग खुसी हुन नसकेको बताइएको छ । छोटो समयमै विवाहको योजना बनाउँदा उनीहरुबीच मनमुटाव उत्पन्न भएको हो ।

म्यागजिन ओकेले निक प्रियंकालाई विवाहअघि समझदार र सरल युवती ठान्थे भनी उल्लेख गरेको छ । तर विवाहपछि उनले नियन्त्रण गर्न थाल्दा निक उनीसँग टाढिन खोजेको मिडियाले उल्लेख गरेका छन् ।

विवाह भएको तीन महिनासम्म पनि उनीहरु हनिमुन मूडमै देखिन्थे । अचानक सम्बन्धमा दरार उत्पन्न भएको समाचार अमेरिकी मिडियामा आएको हो । प्रियंका भन्दा १० वर्ष कान्छा निक हलिउडमा स्थापित गायक हुन् । विवाहपछि अमेरिकामा रहँदैआएका उनीहरु डिभोर्सको विषयमा सहमतिमा पुगेको पनि बुझिएको छ । एजेन्सी

संम्बन्धित समचार

Leave a Comment