विराट कोहलीको भारती टोली लगातार तेस्रो वर्ष बन्यो च्याम्पियन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १९, मंगलबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत १९, काठमाडौँ । भारतले लगातार तेस्रो वर्ष टेस्ट च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ । भारतीय टोलीले १० लाख डलरको पुरस्कार जितेको हो । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले गएको जनवरीमा अस्ट्रेलियामा पहिलोपटक टेस्ट शृङ्खला जितेको थियो ।

भारतले ११६ अंक पाएको छ, जुन दोस्रो स्थानमा रहेको न्युजिल्याण्डको भन्दा ८ अंक बढि हो । दक्षिण अफ्रिका तेस्रो स्थानमा छ भने समान १०४ अंक रहेका अस्ट्रेलिया र इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

आउँदो अगस्टदेखि पहिलोपटक वर्ल्ड टेस्ट च्याम्पियनसिप हुँदैछ, जसमा टेस्ट मान्यता पाएका ९ देशको सहभागिता रहनेछ । उनीहरुले २७ वटा शृङ्खलाको क्रममा ७१ वटा टेस्ट क्रिकेट खेल्ने छन्।

यसबाट सन् २०२१ मा हुने आइसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने टिमको तय हुनेछ । सन् २०२१ को फाइनलमा विजयी हुने टोली वर्ल्ड टेस्ट च्याम्पियन बन्ने पहिलो टिम हुनेछ ।

अहिले भने हरेक वर्ष भएका टेस्ट क्रिकेटमा टिमले पाएको अंकको आधारमा च्याम्पियन निर्धारण हुँदै आएको छ । भारत लगातार तीन वर्षदेखि च्याम्पियन रहँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस