चैत्र १९,धादिङ । यहाँको सिध्दलेक गाउपालिकाले बारामा आएको भिषण आँधीहुरीबाट प्रभावितलाई सात लाख बराबरको राहत समाग्री उपलब्ध गराउने भएको छ । विनासकारी हावा हुरीले प्रभावित गरेको बारा पर्सा जिल्लामा सात लाखको राहत सामग्रि खाद्यन्न त्रिपाल लुगा कपडा लगायत वितरण गर्न बुधबार गाँउपालिका टोली बारा प्रस्थान गर्ने भएको छ ।
गाँउपालिकाले राहात स्वरुप सबै जनप्रतिनिधि बाट १ महिनाको सेवासुविधा दिन लागिएको गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले अनलाईन केन्द्रलाई बताए । उनले सिध्दलेकमा रहेका सबै कर्मचारी साथिहरूबाट खाइ आएको तलब भत्ताबाट १५ प्रतिशत दिने र सिध्दलेकमा रहेका सबै शिक्षकबाट १ दिनको तलव दिने निर्णय भएको बताए ।