रेडियो नेपाललाई एक वर्षभित्र सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २०, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक वर्षभित्र सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने घोषणा गरेका छन ।

मन्त्री बास्कोटाले रेडियो नेपालका जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा आमूल परिवर्तन हुने गरी सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्न लागिएको पनि स्पष्ट पारे ।

बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले रेडियो नेपालको कुनाकन्दराका नागरिकको आवाज बन्नुपर्ने आवश्यक्ता पनि औंल्याए । मन्त्री बास्कोटाले रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रशारण गर्ने व्यवस्था गर्नुपर्ने पनि बताए ।

मन्त्री बास्कोटाले रेडियो नेपालको जमिनलगायतको सम्पत्तिहरुको सदुपयोग गरेर अघि बढने योजना पनि अघि सारेका छन । कार्यक्रममा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य, जनवादी गायक जेबी जुहुरेलाई ५१ हजार नगदसहित ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कार पनि प्रदान गरिएको थियो ।

मन्त्री बास्कोटाले नेपाली गीत, संगीत र संस्कृतिको क्षेत्रलाई अघि बढाउन नयाँ पुस्तालाई प्राथमिकता दिन पनि रेडियो नेपालका पदाधिकारीहरुलाई सचेत गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस