२२ वर्षीया अविवाहित किशोरीले बच्चा जन्माएलगतै आत्महत्या गरिन्

चैत्र २०,काठमाडौँ । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका-७ की एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन् ।

स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् ।

स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुसार पोष्टमार्टमा स्नेहाले बच्चा जन्माएको देखिन्छ तर उनको बच्चा हो वा होइन भन्ने विषयमा डीएनए परीक्षणपछि मात्रै टुङ्गो लाग्नेछ । शिशु जिवितै वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन ।

संम्बन्धित समचार

Leave a Reply