२५ बर्षपछि नेपालमा के–के हुनेछ ? यस्तो छ, पन्ध्रौँ पञ्चवर्षीय योजना !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २०, बुधबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २०,काठमाडौँ । दिगो विकासको लक्ष्यसहित राष्ट्रिय विकास परिषदको बैठक बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ । बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको दीर्घकालीन सोचसहितको पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधार पत्रको मस्यौदा पत्रलाई अन्तिम रुप दिनेछ ।

आयोगले १५ औँ योजनामा समृद्ध नेपालको लागि ४ र सुखी नेपालीका ६ वटा सोचलाई आधार बनाएको छ ।

बैठकमा आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धिदरसहित तिव्र विकास र उत्पादनसहित आत्मनिर्भरका योजना तय गरिएको जानकारी दिएका छन । उनले १४ औं योजनाले लिएका धेरैजसो सुचक लक्ष्य नजिक पुगेको र यसले पन्ध्रौँ योजना कार्यान्वयनमा सहज हुने पनि उहाँले दाबी गरे ।

पन्ध्रौँ पञ्चवर्षीय योजनाको मस्यौदामा बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार किमि कालोपत्रेसहितको लोकमार्ग हुने, ७६ प्रतिशत द्रुतमार्ग हुने, ११२ किमि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्‍याउने, ६५ प्रतिशतमा इन्टरनेट पुर्‍याउनेलगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा उल्लेख छ ।

यस्तै विक्रम संवत् २०८१ सम्म आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्‍याउने, प्रतिव्यक्ति आय १६०० अमेरिकी डलर पुर्‍याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९.५ प्रतिशत पुर्‍याउने उल्लेख छ ।

यस्तै सन् २१०० अर्थात् २५ वर्षपछि प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डरल पुर्‍याउने, गरिबी ५ प्रतिशमा झार्ने, बेरोजगारी दर ३ प्रतिशमा झार्ने, ४० हजार मेघावाट बिजुली उत्पादन, ३३ हजार किमि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार किमि द्रुतमार्ग, २२ सय किमि रेलमार्ग बनाउने, सतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुर्‍याउने र सन् २१०० मा नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगको मस्यौदामा उल्लेख छ ।

दुई दिनसम्म चल्ने बैठकमा आधारपत्रको मस्यौदाको टुंगो लगाइने योजना आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस