नेपाल बार चुनाव: उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक समूहको अग्रता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र २०, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०,काठमाडौँ । नेपाल बार एशोसिएसनमा उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।

उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणना हुँदा अध्यक्षमा प्रजातान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले १७ सय ८७ र वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत ल्याएका छन् । पोखरेलले २ सय २६ मतले अग्रता लिएका हुन् ।

८ वटा उपाध्यक्ष पदमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । महिलामा कविता थापा कार्की, प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीकरकुमार कार्की, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरन्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनीलकुमार श्रेष्ठ, कर्णालीमा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशीले अग्रता लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस