काँग्रेसका नेता भट्टराईलाई मस्तिष्कघात ! नर्भिक अस्पतालमा जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ ७, बिहिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस