सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २१, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २१,काठमाडौँ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रवर्दित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ ओटै शाखाहरु बाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस