तनाबमा हुनुहुन्छ ? फ्रेस हुन यसो गर्नुस्

Post Thumbnail

चैत २२, काठमाडौँ । तनावरहित रहन स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

समयमा सुत्ने, उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ।

दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रुपमा लिनुपर्छ। आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्नुपर्छ।

लामो समयसम्म एउटै काम गरिरहनु हुँदैन। बीचबीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ।

फास्टफुड, जंकफुड, धुम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ। अत्यधिक मात्रामा चियाकफी पनि सेवन गर्नु हुँदैन। यसले निद्रा गडबडीको समस्या निम्त्याउँछ।

निष्क्रिय जीवनशैली त्याग्नुपर्छ। सामाजिक कार्यमा सक्रिय हुनुपर्छ।

मनोरोगलाई भयानक रुपमा लिनु हुँदैन। यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

ताजा अपडेट

खोजी गर्नुहोस