चैत २२, काठमाडौँ । साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको विमोचन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सो पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रशंसा गरे । “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ” प्रधानमन्त्री ओलीले भने, “अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताउनुभएको छ ।