स्कुटीलाई जोगाउन खोज्दा ट्रकले भ्यानलाई किचेपछि दुईजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत २२, ललितपुर । ट्रक पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको मृत्यु भएको छ । ललितपुरको सानेपा नजिकै जनक शिक्षा सामाग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक भ्यानमाथि पल्टिँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

बिहान ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा दुर्घटना भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस