चैत्र २२,बारा । भिषण आँधीहुरीपछि बारा पर्साका सयौँ नागरिक आक्रान्त छन । यतिबेला उनिहरुको सबै गएको आईतबारको भिषण हावाहुरीसहितको असिनापानी सम्झेर बेलाबेला झस्कने गर्छन । यो विपतमा ३१ जनाले ज्यान गुमाए भने सयौँको संख्यामा घरहरु भत्किए ।
त्यसलगतै विभिन्न संघसंस्थाद्धारा उद्धार तथा राहातका कार्यहरु अघि बढाइए । सोही समयमा सत्तारुढ नेकपाको प्रमुख भातृ संगठन युवासंघ नेपाल उद्धार तथा राहतको टोली नै बनाएर बारामा खटियो । घटना भएको भोलीपल्टै युवासंघ यी दुई जिल्लामा सक्रिय बन्यो ।
यतिबेला युवासंघका अध्यक्ष रमेह पौडेलको नेतृत्वमा नै युवासंघ बारा र पर्सामा पिडितलाई राहत दिने,उनिहरुको घर टहरा बनार्यदिने र हौसला दिने काममा निरन्तर खटिरहेको छ । उद्धार र पुनस्थापनामा आफै नेतृत्व गरेर खटिएका अध्यक्ष पौडेलले एकै स्वासमा भने-‘यो विपतमा हामी सामान्य सहयोगी मात्रै भएको हौँ । यो हाम्रो कर्तव्य हो । यस्तो बेला हामी जे सक्छौँ त्यो गछौँ ।’
आजपनि युवासंघ हुरी प्रभावित क्षेत्र फेटा गाँउपालीकामा हुरिले ध्वस्त बनाएका भग्नावशेष हटाउने , पिडितहरुको घरमा फसेका सामान झिकिदिने काममा व्यस्त रहेको अध्यक्ष पौडेलले अनलाईन केन्द्रलाई बताए। उनले भने–’हिजो अस्तिजस्तै आज पनि यस गाँउका तीन जना मृतकका परिवारलाई कृया खर्च बापत जनही ५ हजार , खाद्यान्न , लत्ताकपडा लगायतका सामाग्री समेत हस्तान्तरण गर्यौ । आज काम गर्दा हामीले सेना संगसंगै काम गरी भग्नावशेष हटाउने काम गरेको छौँ । ‘
विपतको बेला युवासंघ टुलुटुलु हेरेर बस्न नसक्ने महासचिव किरण पौडेल बताउछन । अनलाईन केन्द्रले सोही कार्यमा खटिएको टोलीको १५ तस्विर लिएको छ ।