चैत २३, काठमाडौँ । चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान–प्रदान केन्द्र तथा फ्रान्सको अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीति अनुसन्धानालयका विशेषज्ञ तथा विद्वानहरुबीच चीन–युरोप आर्थिक तथा व्यापारिक सम्बन्धको विकासबारे छलफल भएको छ ।
चीन–युरोप आर्थिक तथा व्यापारिक सम्बन्ध विषयक बिहीबार भएको कार्यक्रममा उक्त छलफल भएको चिनियाँ अधिकारीले बताएका छन् ।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार, सन् २०१८मा चीन र युरोपबीचको व्यापार रकम ६ खर्ब ८२ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ । जुन सन् २०१७ को तुलनामा १०.६ प्रतिशतले बढी हो ।
भविष्यमा चीन र युरोपबीचको आर्थिक तथा व्यापारिक सहयोग अरु गतिशील र अरु व्यापक गराउने बिषयमा दुबै देशका अधिकारीले आफ्नो ठाउँबाट पहल गर्ने चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान–प्रदान केन्द्रका उप–प्रमुख, पूर्व वाणिज्य उप–मन्त्री वै चेन कोले बताए।
फ्रान्सेली समूहका प्रमुख पास्काल बोनिफैसले चीन र फ्रान्सका प्रबुद्ध समूहबीचको आदान–प्रदानलाई सबल पार्नु आपसी जानकारीलाई बढाउन उपयोगी रहेको ठहर गरिएको बताए। रासस