चैत २३, धुनिबेशी । धुनिबेशी नगरपालिका र यूनाइटेड सिमेन्टको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुद्ध भिजन एकेडेमी धुनिबेशी नगरपालिका ९ नयाँ बस्तीको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । धुनिबेशी टायलघरका नगरीक हरूका लागि लक्ष्यित गरि शिविर आयोजना गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष साइला राइले जानकारी दिए ।
सिमेन्ट उद्योग नजिकैका नागरिकहरूमा आँखा चिलाउने, छाला तथा चर्मरोग र स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरिएको यूनाइटेड सिमेन्ट का प्रबन्धक विनोद न्यौपानेले बताए । सिमेन्ट र इटा भट्टा बाट उड्ने धुवाँ र धुलोले गर्दा हामी लाई समस्य भयो भन्ने जन गुनासो का आधारमा धुनिबेशी नगर र यूनाइटेड सिमेन्ट को सहकार्य मा शिविर सञ्चालन गरिएको हो । शिविर बाट धुनिबेशी ९ र ५ का झन्डै ५ सय ३७ भन्दा बढि जना नागरिक लाभान्वित भएका छन् ।
स्वास्थ्य शिविर मा स्वास्थ्य चेक गर्न आएका अधिकांश महिलाहरूमा आङ खस्ने, सेतो पानी बग्ने समस्य भएको आउनु भएको नगर स्वास्थ्य शाखा प्रमुख शिव हरि भट्टले जानकारी दिए । छाला रोग लागेर स्वास्थ्य सेवा लिन आएका अधिकांश नागरिक हरूमा सुकेलुतो एलर्जि लगायत समस्या भएका विरामी स्वास्थ्य चेकजाँच गर्न आएका थिए ।
आँखा सम्बन्धि चेकजाँच गर्न आएका अधिकांश विरामीहरूमा मध्ये २३ जनाको अप्रेसन गर्नु पर्ने पाइएको छ । अप्रेसन का लागि काठमाडौं लगिने छ ।
नगर प्रमुख बालकृष्ण आचार्यले नगर बासिलाई आबश्यक परेको खन्डमा विभिन्न रोगका शिविर सञ्चालन गर्ने बताए । नगरले यस वर्ष पनि तीन ओटा स्वास्थ्य शिविर सम्पन्न गरेको र आगामी दिनमा पनि आयोजना गर्ने बताए ।
स्वास्थ्य शिविरको औपचारीक कार्यक्रममा नगरपालिका प्रमुख बाल कृष्ण आचार्य ,उपप्रमुख निरू खरेल ,यूनाइटेड सिमेन्टका प्रबन्धक विनोद न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।