हावाहुरी पिडितलाई बर्दियाली युवाद्वारा १ लाख १ हजार १ सय सहयोग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र २४, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४,काठमाडौँ । प्रदेश २ का बारा र पर्सामा गत आइतबार आएको हावाहुरीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै हावाहुरी पिडितलाई बर्दियाली युवाहरुले सहयोग गरेका छन् ।

राजधानीमा बस्दै आएका बर्दियाका युवाहरुले हावाहुरी पिडितलाई एक लाख १ हजार एकसय रुपैया सहयोग गरेको सामाजिक अभियन्ता रेशम थापाले जानकारी दिए ।

हरिस गौतम, रेशम बहादुर थापा ,महेन्द्र बिष्ट, समृद्दा केसि, प्रिया देबकोटाको बिशेष पहलमा संकलन गरिएको उक्त राहत रकम बर्दियाबाट निर्वाचित सांसद तुल्सी थापा मार्फत युवासंघका सचिब बचन बहादुर सिङ्गलाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । रकम स्वदेश तथा बिदेशमा रहेका साथिभाईहरुबाट पनि संकलन गरिएको उक्त रकम बिपत्तिमा सानो सहयोग गर्ने प्रयास गरिएको हरिस गौतमले बताए ।

कार्यक्रममा माननिय सांसद तुलसी थापाले राहत रकम पीडित समक्ष पुगोस भनी सानो सहयोग गरेको बताइन् । ‘नेपालभित्र जहाँ पनि विपद् आइलाग्दा हाम्रो दायित्व हो।’ सांसद थापाले भनिन्, ‘त्यही दायित्व पूरा गर्न पैसा दिने निर्णय गरेका हौं ।’ विपदका बेला सबै नेपाली एक जुट भएर सहयोग गर्नुको विकल्प नभएको सांसद थापाले बताइन् ।

राहत रकम हस्तान्तरण कार्यक्रममा युबासंघ नेपालका कोषध्यक्ष अमित लामा स्थायी समिति सदस्य तथा कार्यालाय सचिब
सुमन पुरि लगाएतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस