एफए कप फुटबल : ब्राइटनलाई हराउदै फाइनलमा पुग्यो म्यान्चेस्टर सिटी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र २४, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २४,काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाइनल खेलमा ब्राइटनलाई १–० गोलको संघर्षपूर्ण जित निकाल्दै सिटी एफए कपको फाइनलमा पुगेको हो । सिटीको जितमा गाब्रियल जिससले निर्णायक गोल गरे ।
खेलको तेस्रो मिनेटमा उनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै बल आफ्नो नियन्त्रणमा लिएको सिटीले पहिलो हाफमा १–० गोलको बराबरी खेलेको थियो ।

दोस्रो हाफमा ब्राइटनले राम्रो प्रदर्शन गर्दै सिटीलाई गोल गर्न दिएन तर गोल फर्काउन नसक्दा ब्राइटन १–० ले पराजित हुन पुग्यो । हारसँगै ब्राइटनले फाइनल पुग्ने राम्रो अवसर पनि गुमाएको छ ।

सिटीले अब उपाधिका लागि वुल्भ्स र वाटफोर्डबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस