चिट चोराउनेलाई २ वर्ष जेल, डेढ करोड जरिवाना

Post Thumbnail

चैत २५, काठमाडौँ । अस्ट्रेलिया सरकारले परीक्षामा विद्यार्थीलाई चिट चोराउनेलाई २ वर्ष जेल सजाय गर्ने कानुन ल्याउने भएको छ।

अस्ट्रेलियाका सञ्चारमाध्यम एसबीएसका अनुसार चोरी गर्न वा परीक्षा उत्तीर्ण गर्न अनलाइनमार्फत सघाउनेलाई जेल सजायका साथै २ लाख डलर (करिब १ करोड ६० लाख) सम्म जरिवाना हुनेछ।

अस्ट्रेलियाली शिक्षामन्त्री ड्यान टिहानले आइतबार उक्त कानुनबारे जानकारी दिएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस