आजको मौसम: मेघ गर्जन सहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

चैत २५, काठमाडौँ । मुलुकभर आज मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

मुलुकको पूर्वी, मध्य र पश्चिमी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमाली भेगका केही स्थानहरुमा भने मध्यम हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार रातिको समयमा मुलुकको मध्य र पूर्वी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका जिल्लाका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply