धादिङ खुल्ला दिसा मुक्त जिल्ला घोषणा !

Post Thumbnail

चैत्र २५,धादिङ । धादिङ जिल्ला नेपालको ६४ औँ खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएको छ । पुर्ण सरसफाइ सबैको अभियान ,समृद्ध धादिङ हाम्रो पहिचान भन्ने मुल नाराका साथ धादिङ जिल्ला लाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा तथा सामुदायिक प्रतिवद्वता समारोह २०७५ सम्पन्न भएको छ।

२०७१ सालमा आयोजना गरिएको पहिलो सरसफाइ सम्मेलन बाट धादिङ जिल्लाको सरसफाइ तथा स्वच्छता रणनीतिक योजना निर्माण गरि कार्यान्वयनमा ल्याए पश्चात जिल्लामा खुल्ला दिशा मुक्त कार्यक्रम अगाडि बढ्दै गए पछि यो अभियान ले सार्थकता पाएको हो ।

खुल्ला दिशामुक्त अभियान लाई सफलताको विन्दु सम्म पुयाउने विभिन्न पद्वतीहरू अवलम्बन गरिएको थियो । खुल्ला दिशा मुक्त जिल्ला घोषणा पश्चात् सबै सरोकारवालाहरूको सहकार्यमा पूर्ण सरसफाइ का ५१ विषयहरू र यश सग सम्बन्धित सुचकहरू पूरा गरे पछि धादिङ लाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको हो ।

यस्तै खुल्ला दिसा मुक्त बनाउन सहयोग गर्नु हुने जिल्ला रहेर काम गर्ने विभिन्न सघं सस्था र मिडिया हरू लाई सम्मानपत्र द्वारा सम्मान गरिएको छ। धादिङमा रहेर सञ्चार जगतबाट सहयोग गरेकोमा नागरिक पाटी सहित रेडियो राजमार्ग र अन्य रेडियो पत्रपत्रिका तथा अनलाइन हरूलाई सम्मान गरिको छ ।

जिल्लामा रहेर खुल्ला दिसा मुक्त गर्ने सहयोग गरेका व्यक्तिहरू लाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको छ । जिल्ला खानेपानी ,सरसफाइ तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा भएको कार्यक्रम जिल्ला समन्वय समितिका सभापति जगन्नाथ नेपाल ,संघीय सासद खेम लोहनि , प्रदेश सासद डा राजाराम कार्की ,प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय , जिसस उपप्रमुख विन्दा बराम ,राष्ट्रिय सरसफाइ समन्वय समिति का देवेन्द्र झा खानेपानी तथा सरसफाइ महासंघ का केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल , नगर तथा गाउँ पालिका प्रमुख ,उपप्रमुख, वडा अध्यक्ष ,गैसस नम्बर ३ अध्यक्ष दामोदर अर्याल, गैसस धादिङ अध्यक्ष एकराज छत्कुली ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

स्रोत:नागरिक पाटी

ताजा अपडेट

खोजी गर्नुहोस