ट्रम्प प्रशासनकी प्रभावशाली मन्त्रीले दिइन् राजीनामा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ चैत्र २५, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत २५, काठमाडौँ । अमेरिकाकी होमल्याण्ड सेक्युरिटी मन्त्री कर्स्टजेन निएल्सनले राजीनामा दिएकी छन् । सीमा सुरक्षा सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादस्पद नियमहरु कार्यान्वयन गरेकी मन्त्री कर्स्टजेनले राजीनामा दिएकी हुन् ।

उनले होमल्याण्ड सेक्युरिटी मन्त्रालयमा रहेर काम गर्न पाउनु सम्मानको कुरा रहेको उल्लेख गरेकी छन् । उनको ठाउँमा तत्कालका लागि कस्टम एण्ड बोर्डर प्रोटेक्ससन कमिसनर केविन म्याकएलीननले जिम्मेवारी सम्हाल्ने राष्ट्रपति ट्रम्पले ट्वीट गरेर जानकारी दिएका छन् ।

कर्स्टजेनको कार्यकालमा प्रस्तावित सीमा पर्खाल तथा आप्रवासी परिवारलाई विभाजन गर्नेसहितका नियम कार्यान्वयन भएका छन् ।

उनले आफ्नो राजीनामा पत्रमा राजीनामाको कारण खुलाएकी छैनन् तर उनले राजीनामाका लागि उपयुक्त समय रहेको भने उल्लेख गरेकी छन् । अमेरिका आफूले जिम्मेवारी सम्हाल्दाको समय भन्दा अहिले सुरक्षित रहेको उनले दाबी गरेकी छन् । उनी सन् २०१७ काे डिसेम्बरदेखि पदमा थिइन् ।

राष्ट्रपति ट्रम्पले देशको दक्षिणी सीमा क्षेत्रको भ्रमण गरेको केही दिनपछि नै उनले राजीनामा दिएकी हुन् । ट्रम्पले पछिल्लो समय मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस