दक्षिण कोरियाका राष्ट्रपति मुन मस्को पुगे !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ ७, बिहिबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन रूसको राजधानी मस्को पुगेका छन ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मुन बिहीबार मस्को पुगेको उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
दुई समकक्षीबीच आर्थिक सहकार्य र उत्तर कोरियाबार कुराकानी हुने अपेक्षा गरिएको छ ।

मुनले पुटिनलाई शुक्रबार भेट्ने कार्यक्रम तय भएको छ । त्यस क्रममा उनिहरूले केही संयुक्त सम्झौतापत्रहरूमा हस्ताक्षर गर्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन् ।

तीन दिने भ्रमणका क्रममा राष्ट्रपति मुनले आउँदो शनिबार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मेक्सीको विरुद्ध दक्षिण कोरियाले खेल्ने खेलको पनि अवलोकन गर्ने अपेक्षा गरिएको छ । सो खेल रूसको रोस्टोभ अन डनमा हुने तय भएको छ ।

रूसका राष्ट्रपति पुटिनले गत हप्ता उत्तर कोरियाका नेता किम जोङ उनलाई रूसमा स्वागत गर्न पाए खुशी हुने बताएको केही दिनपछि दक्षिण कोरियाका राष्ट्रपति रूस पुगेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस