चैत्र २५,काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्षले सहयोग गरेमा अध्यादेशमार्फत शिक्षा ऐन ल्याउने बताएका छन्।
संसदको बजेट अधिवेसन सुरु भएपछि ऐन ल्याउँदा समय लाग्न सक्ने बताउँदै उनले भने, ‘मलाई प्रतिपक्षका साथीहरूले सहयोग गर्नुहुन्छ भने अध्यादेशबाट पनि ऐन ल्याउन तयार छु।’
अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघको एकता घोषणासभालाई सम्बोधन गर्दै पोखरेलले सोमबार यस्तो बताएका हुन्। संघीय शिक्षा ऐन ल्याउन नसकेको भन्दै सर्वत्र आलोचना खेपिरहेका पोखरेलले ऐनको मस्यौदा तयारी अवस्थामा रहेपनि विगतमा विविध कारणले ल्याउन नसकेको स्वीकारे।