युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो : ५९ सुरक्षाकर्मी ,१६ तालिबान मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ ७, बिहिबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ ।

अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता ५९ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् ।

बिहीबार उत्तरी प्रान्त फर्याबको एक जिल्लामा रहेको सुरक्षाचौकीमा तालिबान आतङ्ककारी समूहले आक्रमणमा गरी कम्तीमा १६ सुरक्षाकर्मीको हत्या गरेका छन् ।

उक्त प्रान्तको प्रान्तीय परिषद्का उपप्रमुख सिब्घातुल्लाह सिलाबले सो आक्रमणको पुष्टि गरेका हुन ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी भागमा पर्ने दुइ प्रान्तमा रहेका सुरक्षा चौकीमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी ४५ सुरक्षा अधिकारी र १६ आतङ्ककारी मारिएका छन् ।

बाद्घिस प्रान्तको बाल मुर्घाब जिल्लामा पनि सैनिक पोष्टमा आतङ्ककारी आक्रमण भएको थियो । त्यहाँ कम्तीमा ३० अफगान सैनिक मारिएका छन् ।

सरकारी अधिकारीका अनुसार यस आक्रमणको क्रममा सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो झडपमा परी १६ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य १५ जना घाइते भएका छन् ।

त्यसैगरी फराह प्रान्तमा भएको यस्तै आतङ्ककारी आक्रमणमा परी १५ सुरक्षा अधिकारी मारिएका छन् ।

यसप्रकार सरकारको तर्फबाट लम्ब्याइएको युद्धविराम समाप्त हुन नपाउँदै सुरक्षा अधिकारीमाथि नै तालिबानले भीषण आक्रमण गरेका थिए ।
सरकारले इद पर्वका लागि गरेको युद्धविराम गत मङ्गलबारको मध्यराति सकिएको छ । त्यसैगरी तालिबानले गरेको युद्धविरामको समय भने गएको सोमबार सकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस