२६, काठमाडौँ । सरकारी चिकित्सक संघ (गोडान)को आह्वानमा गत शुक्रवारदेखि आँधीहुरी प्रभावित बारा र पर्सा बाहेकका सबै सरकारी अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प छन्।
नेपाल चिकित्सक संघले समेत ऐक्यवद्धता जनाएको आन्दोलन स्थानीय तहमा अवैज्ञानिक रूपमा असमान समायोजन गरिएको भन्दै शुरू भएको हो। चिकित्सकको आन्दोलनप्रति मानवअधिकार आयोगको आपत्ति जनाएको छ ।
पेसागतरुपमा देखिएका असन्तुष्टिलाई वार्ताको माध्यमबाट हल गर्न दुवै पक्षलाई आग्रह गर्दै स्वास्थ्य सेवा तत्काल सुचारु गर्नुपर्ने आयोगको सुझाव छ ।
अस्पतालमा सेवा बन्द भएका कारण विशेषगरि काठमाण्डौ बाहिरबाट आएका बिरामीहरू मारमा परेका छन्।