असार ३,काठमाडौँ । क्याम्पीयन काठमाण्डौं स्कूलले विशेष कार्यक्रम सहित विश्व योग दिवस मनाएको छ । वरिष्ठ साहित्यकार, शोध कर्ता तथापूर्वीय दर्शनका ज्ञाता प्राध्यापक मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पताञ्जली योग समितिका केन्द्रीय सदस्य डा. टी. पी. धमला र विद्यालयका अभिभावक, रेडियो नेपालका वरिष्ठ समाचार निर्देशक खगेन्द्र न्यौउपानेले विद्यार्थीहरूलाई योगको महत्वको बारेमा जानकारी गराएका थिए ।
प्रमुख अतिथिको मन्तव्य राख्दै प्राध्यापक उपाध्यायले हिन्दु दर्शनको उत्पति नेपालमा भएको र यसको खोजी गर्ने अभिभारा अबको पुस्तामा रहेको विचार राखेका थिए ।
विद्यालयका प्रचार्य खेमराज देवानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अध्यापनरत शिक्षकहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सिनियर को–अर्डिनेटर आर. के. ढुङ्गानाले गरेका थिए ।