बढ्दै छ क्यान्सर, दम र मिर्गौला रोग

Post Thumbnail

चैत २७, काठमाडौँ । नेपालमा दम, क्यान्सर, मिर्गौला तथा नसर्ने रोगहरु पछिल्लो समय बढिरहेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्षको अवधिमा गरेको विभिन्न अनुसन्धानले यस्तो देखाएको हो।

परिषद्ले गरेको अनुसन्धान प्रतिवेदनमा नसर्ने दीर्घ रोग दम सबैभन्दा बढेको पाइएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी ११.७ प्रतिशतमा दम रोग भएको पाइएको छ। दमपछि मधुमेह ८.६ प्रतिशतले बढेको छ भने मिर्गौला रोग ६ प्रतिशत र मुटु रोग २.९ प्रतिशतले बढेको छ।

२० वर्षमाथिका ७२ जिल्लाका १३ हजार २ सय बिरामीमा गरिएको अध्ययनअनुसार सो निष्कर्ष निकालिएको हो।

सन् २०१६ देखि २०१८ सम्म दुई चरणमा गरिएको अनुसन्धनाको पहिलो चरणमा बिरामीसँग अन्तर्वाता लिइएको थियो भने दोस्रो चरणमा बिरामीको रगत र मुटु, छाति तथा पिसाब जाँच गरिएको थियो। अनुसन्धानले उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी भएको देखिएको छ। उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा क्यान्सरका रोगी बढेको पाइएको छ।

जसअनुसार ६३ प्रतिशत काठमाडौंमा, २१ प्रतिशत भक्तपुरमा र १६ प्रतिशत ललितपुरमा रोगी बढेका छन्। पुरुषमा सबैभन्दा बढी फोक्सो र त्यसपछि मुख तथा ओठको क्यान्सर भएको पाइएको छ। महिलामा आन्द्रा तथा गुद्वारको क्यान्सर पनि बढ्दो क्रममा रहेको देखिएको छ।

नसर्ने रोगमध्ये मानसिक स्वास्थ्य सर्वेक्षणले १ हजार ६ सय ४७ जनामा गरेको सर्वेक्षणमा वयश्क तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसअनुसार १३।२ प्रतिशत वयश्क र ११।२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या पाइएको छ।

यसमध्ये लागूपदार्थको लत, डिपे्रशन, आत्तिने रोग बढी देखिएको छ। किशोरकिशोरीमा आत्तिनेरोग, केही न केही गरिराख्नु पर्ने रोग, डिपे्रसनजस्ता समस्या पाइएको छ। त्यसैगरी दुवै समूहमा आत्महत्याको प्रवृत्ति बढेको देखिएको छ।

मानसिक समस्या भए मध्ये १ सय ८१ प्रतिशतले कुनै पनि उपचार सेवा नलिएका र ९ सय ७९ प्रतिशत आफैं निको हुन्छु भन्ने विश्वासमा रहेको दखिएको छ।

नेपालमा जलवायु परिवर्तनको प्रभावस्वरुप तातो हावा (लु) बढ्दै गएको अध्ययनले जनाएको छ। ‘नेपावमा तातो हावा ‘लु’ र स्वास्थ्यमा पर्ने प्रतिकूल असर’ शीर्षकमा भएको अध्ययनले पछिल्लो समय देशको दक्षिण भागमा गर्मीको दिन बढ्ने क्रममा रहेको, गर्मी रात, प्रिमनसुनका समयमा धेरै वर्षा हुने गरेको देखिएको छ।

तीन वटा जिल्लाका ३ सय १८ सहभागीमा गरिएको अध्ययनमा ३० प्रतिशत सहभागीले तापक्रमबाट बच्ने कुनै साधन प्रयोग नगरेको र ५० प्रतिशतमा तापक्रमले स्वास्थ्यमा असर पारेको पाइएको छ।

गत वर्ष मोरङ जिल्लाको फोक्लेन टापुमा फैलिएको अज्ञात भनिएको रोग जंगली जनावरबाट सर्ने लेप्टोस्पाइरोसिस रहेको अध्ययनले देखाएको छ। सो रोगको कारण धेरै जना बिरामी परे भने २ जना बालबालिकाको मृत्यु भयो। उनीहरुमा एचवानएनवान नामक फ्लु पनि देखिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस