चैत २७, काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा काठमाडौंसहित देशभरका अधिकांश निजी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा मनपरी रकम असुल्ने गरेका छन्।
यसले अभिभावकहरू चरम आर्थिक शोषण परेका छन् । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा निजी विद्यालयहरूमा यस्तो बेथिति देखिएको हो।
देशभर झन्डै साढे ६ हजार निजी विद्यालय छन् । केही विद्यालयहरूले अभिभावकलाई उपलब्ध गराउनुपर्ने पाठ्यक्रमसमेत लुकाएका छन्।
नतिजा आएको दिन अभिभावकलाई तोकिएको पसलबाट किताब किन्न आग्रह गर्ने गरेका छन् । यस्तै, विद्यालयका सञ्चालकहरूले किताब बिक्री भएबापत ती पसलबाट ४० प्रतिशतसम्म रकम लिने गरेको स्रोतको दाबी छ।