पर्यटकप्रति सकारात्मक व्यवहार देखाउन प्रधानमन्त्री ओलीको निर्देशन

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यबहारमा सुधार ल्याउनु पर्ने बताएका छन् ।

नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ ‘ प्रधानमन्त्री ओलीले भने ‘देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यबहार गर्नु भएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।’

प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पर्यटक आवतजावत गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटक मैत्री व्यबहार गर्न सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘भ्रमण बर्ष भब्यताका साथ सफल पार्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि सबै जुट्नु आवश्यक छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस