निर्वाचनअघि ‘प्रम नरेन्द्र मोदी’प्रदर्शनमा रोक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ चैत्र २७, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको बायोपिक ‘प्रम नरेन्द्र मोदी’ सिनेमाको प्रदर्शनमा रोक लगाएको छ ।

यस्तो सिनेमाले निर्वाचनमा प्रतिस्पर्धी दलहरूकाबीच एक समान प्रतिस्पर्धा गर्ने वातावरण बिग्रने हुनाले यो सिनेमाको प्रदर्शनमा रोक लगाएको निर्वाचन आयोगले बुधबार (१० अप्रिल) मा जारी गरेको आदेशमा जनाएको छ ।

भारतमा १८ अप्रिल देखि करिब एक महिनासम्म विभिन्न मितिमा भारतीय लोकसभाका लागि निर्वाचन हुँदैछ । भारतीय प्रधानमन्त्रीको भूमिकामा नायक विवेश ओबरायले अभिनय गरेको चलचित्र ‘प्रम नरेन्द्र मोदी’को प्रदर्शन यही बिहीबारदेखि हुने निश्चित भएको थियो ।

भारतीय निर्वाचन आयोगले आफ्नो आदेशमा कुनैपनि व्यक्तिचित्र सम्बन्धि सामग्री जसले राजनीतिक व्यक्तित्व वा राजनीतिक व्यक्तिसँग सम्बन्धित व्यक्तिलाई राजनीतिक लाभ दिने सम्भावना हुन्छ त्यस्तो सामग्री कुनैपनि विद्युतीय माध्यम र सिनेमाको माध्यमबाट देखाउन हुँदैन ।

आयोगले जारी गरेको नमूना आचार संहिता (मोडेल कोड अफ कन्डक्ट) लागू हुँदाको अवस्थासम्म त्यस्तो बायोपिक नदेखाउन सो आदेशमा उल्लेख गरिएको छ । भारतीय सर्वोच्च अदालतले मंगलबारको दिन भारतीय कांग्रेसका कार्यकर्ताले दायर गरेको रिट खारेज गर्दै सो निवेदनको सुनुवाईका लागि निर्वाचन आयोग उपयुक्त संस्था हुने जनाएको थियो । साथै सो सिनेमालाई सेन्सर बोर्डले पास नगरेको अवस्थामा सर्वोच्चले उजुरी सुन्नु ठिक समय नभएको पनि जनाएको थियो ।

बुधबार सेन्सर बोर्डले प्रधानमन्त्री नरेन्द्र मोदी सिनेमालाई ‘यू’ सर्टिफिकेट दिएको थियो । यू सर्टिफिकेट भन्नुको मतलब कुनैपनि उमेर समूहले सो सिनेमा हेर्न अनुकूल हुने भन्ने प्रमाण हो । तर बुधबारनै निर्वाचन आयोगले आदेश जारी गरेर सिनेमा देखाउन बन्देज लगाइदिएको छ ।

साथै, सिनेमाको पोस्टर र विज्ञापन गर्नु पनि आचार संहिता विपरित हुने सो आदेशमा स्पष्ट पारिएको छ । निर्देशक ओमुंग कुमारको सिनेमामा ओबरायका अतिरिक्त बरखा विष्ट, बोमन इरानी आदीको अभिनय रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस