नेपाल र चीनबीच ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र बन्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ८, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ८,काठमाडौँ । नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा भएका सहमति तथा सम्झौताले ऊर्जा क्षेत्रको विकासमा रणनीतिक महत्व राख्ने र नेपालले अगाडि सारेको आर्थिक समृद्धिको लक्ष्य हासिल हुने सम्भावना बढेर गएको हो ।

नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच नेपालमा ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएपछि भारतसँग जस्तै सचिव र सहसचिवस्तरीय संयन्त्र बन्ने भएको हो । सो सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको ऊर्जा निकायका प्रशासक नुर बाइकेलीले हस्ताक्षर गरेका छन ।

दुई देशबीच ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास गर्दै विद्यु्त आदानप्रदान एवं अन्तरआबद्धता गर्ने विषयमा सहमति भएको छ । सहमतिले दुई देशबीच ऊर्जा, जलविद्युत्को क्षेत्रमा सहकार्यको ढोका खुलेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले जानकारी दिए ।

उनले विद्युत् उत्पादन, प्रसारण तथा निर्माणमा यस्ता सम्झौताले दीर्घकालीनरुपमा महत्व राख्ने र सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने बताए। नेपाल र चीनबीच भएको सहमतिमा यस्तै जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने, लगानीमैत्री वातावरण तयार गर्नेलगायतका विषयमा समेत समावेश छ ।

यस्तै केही ठूला परियोजना निर्माणका लागि सरकारी तथा निजी क्षेत्रबीच पनि सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन् । भ्रमणका क्रममा केही ठूला र महत्वपूर्ण आयोजना निर्माण गर्ने विषयमा समेत सहमति गर्ने तयारी गरिए पनि ती भने अगाडि बढ्न सकेनन् ।

सरकारले कूल ७६२ मेगावाट क्षमताको तमोर, जाजरकोटमा आयोजनास्थल रहेको ४१० मेगावाट क्षमताको नलगाडजस्ता केही ठूला परियोजना निर्माणका लागि सहयोग जुटाउने अपेक्षा राखेको थियो । नियमित छलफल र सूचना आदानप्रदान गर्दै ठूला परियोजनालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस