मेस्सीलाई बार्सिलोनाले आराम दिने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ३०, शनिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौँ । स्पेनिस महारथी बार्सिलोनाले स्टार खेलाडी लियोनल मेस्सीलाई शनिबारको खेलमा आराम दिने भएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले शनिबार राति ह्युस्कासंग प्रतिस्पर्धा गर्दैछ । सो खेलमा बार्सिलोनाले आफ्ना मुख्य खेलाडी मेस्सीलाई आराम दिने बताएको हो ।

क्लबका अर्का मुख्य खेलाडी लुईस स्वारेज निलम्बनमा छन् ।

क्याटलान क्लबले आगामी मंगलबार च्याम्पियन्स लिग फुटबलको दोस्रो लेगको खेलमा म्यानचेष्टर युनाईटेडलाई आतिथ्यता प्रदान गर्दैछ ।

गत बुधबार भएको पहिलो लेगको खेलमा बार्सिलोना १–० ले विजयी भएको थियो ।

बार्सिलोनाले सर्जियो बुस्केटलाई समेत शनिबारको खेलमा आराम दिनेछ । जेरार्ड पीके निलम्बनमा छन् भने ईभान राकिटिक र सेर्जी रोबर्टोलाई चोटले सताएको छ ।

बार्सिलोनालाई स्पेनिस लिगमा ११ अंकको अग्रता छ । उसले शनिबार राति तालिकाको पुछारमा रहेको ह्युस्कासंग लिगको ३२ औ खेल खेल्दैछ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस