असार ८,काठमाडौँ । ब्राजिलले आज कोस्टारिकालाई पराजित गरेको छ । खेलको अतिरिक्त समयमा दुई गोल हानेर उसले जितेको हो ।
ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।
कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा गोल खाएर विफल हुन पुग्यो । यससँगै पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध बनेको छ ।
ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।
खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो । कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन ।