राजपाका सहमहामन्त्री झा ले भेटे रेशम चौधरीलाई, रिहाईको लागी सडक संघर्ष गर्ने चेतावनी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ८, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ८,काठमाडौँ । राजपा नेपालका सहमहामन्त्री सुरेन्द्रकुमार झा ले जेलमा रहेका सांसद रेशम चौधरीलाई भेटेका छन । भेटपछि अनलाईन केन्द्रसंग उनले भने-‘रेशम चौधरी हाम्रा पुस्ताका योद्धा हुन । उनको संघर्षप्रती हामी गौरवान्वित छौँ ।’ उनले नेता चौधरीसंग सिंगो पार्टी रहेको बताएका छन । उनले मधेस थरुहटको विश्वास जित्न सफल भएकोमा चौधरीलाई बधाई समेत दिएका छन ।

उनले समग्र मधेस एक नहोस् भन्ने उदेश्यले चौधरीलाई जेल लगिएको समेत जिकिर गरेका छन । उनले नश्लिय चिन्तनबाट ग्रसित मनोविज्ञानले चौधरीमाथी प्रतिसोध साँधेको समेत बताएका छन ।

उनले भेटपछि चौधरीको रिहाईको लागी पार्टीले सडक संघर्षको बाटो अंगाल्ने सम्मको चेतावनी दिएका छन । सांसद चौधरी र पार्टीका सह–महामन्त्री झा वीच करिव डेढ घण्टा कुराकानी भएको थियो । उनले जेलको अवस्था,पारिवारिक समस्याको बारेमा समेत चौधरीसंग जिज्ञासा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस