बैशाख २, काठमाडौँ । रेल सपना नेपालीका लागि नयाँ होइन।
केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौँ भनेर गरेका भाषण निकै पुराना भइसकेका छन्।
त्यसैले यतिबेला आम जनताको जिज्ञासा छ–भारत वा चीनबाट त्यस्तो रेल काठमाडौँ कहिले आउलारु
चिनियाँ पक्षले प्रतिवद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययनमात्र गरेको छ।
दुबैतर्फबाट काठमाडौँसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ।
चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारती पक्षले सम्भावना रहेको बताएको छ।
भारतको बजार सुनिश्चित नगरी चीनले नेपालमा रेल नल्याउने देखिन्छ।