विश्वकै सबैभन्दा ठूलो विमान उड्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख २, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २, काठमाडौँ । स्ट्रेटोलन्च कम्पनीले बनाएको विश्वकै सबैभन्दा ठूलो विमानले पहिलो उडान भरेको छ।

स्याटेलाइट लन्च प्याडका लागि यो विमान निर्माण गरिएको हो। अन्तरिक्षमा उपग्रह छाड्नुअघि १० किलोमिटरसम्म यो विमानले उडान भर्न सक्छ।

यो विमानको प्वाख ३ सय ८५ फुट लामो छ। बीबीसीका अनुसार विमानको प्याख कुनै पनि अमेरिकी फुटबल मैदान जत्रै छ।

यो विमान प्रयोगमा आए अन्तरिक्षमा कुनै वस्तु जमिनबाट पठाउनुभन्दा यो अलिक सस्तो हुने प्राविधिकहरूले बताउँछन्।

यो विमानमा दुई एयरक्राप्ट बडीलाई एकआपसमा जोडिएको छ। आधा दर्जन यन्त्रजडित यो विमानले पहिलो पटक उडान भर्दा १५ हजार फिट माथिसम्म पुगको थियो। कम्पनीका अनुसार यसको अधिकतम गति सीमा १७० माइल प्रतिघन्टा रहेको छ।

यो विमान उडाउने पाइलट इभन थोमसले भने, ‘अद्भुत थियो, हामीले अपेक्षा गरेअनुसारकै विमान बन्यो, गजबले आकाशमा चक्कर लगायो।’ स्ट्रेटोलन्चले यो विमानलाई संसारकै सबैभन्दा ठूलो भनेर दाबी गरेको छ।

बेलायती अर्बपति रिचर्ड ब्रेंसनको कम्पनी भर्जिन गेलेक्टिकले पनि अन्तरिक्षको कक्षमा रकेट पठाउनका लागि यस्तै खालको विमान बनाएको थियो।

यसबाटै अन्तरिक्ष कक्षमा रकेट पठाइरहेको छ। माइक्रोसफ्टका सह(संस्थापक पोल एलनले पहिलो पटक सन् २०११ मा यो विमानको प्रदर्शन गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस