साथीभाई बचत समुहको पहिलो बार्षिक साधारण सभा सम्पन्न, आमाघरलाई गर्यो सहयोग

Post Thumbnail

बैशाख २,काठमाडौँ । स्थापना भएको एक बर्षको अवसरमा साथिभाई बचत समूहले आमाघरमा सहयोग गरेको छ । बि.सं.२०७५ साल बैशाखमा स्थापना भएको साथिभाई समुहले रबिभवन स्थित आमाघरमा ग्यास, खाद्यान्न ,तेल फलफूलसहित एक दिनको खाजा सहयोग गरेको हो ।

समूहले बर्षभरि बचत गरेको मध्ये केहि रकम सामाजिक सेवामा लगाउने निर्णयअनुरुप आमाघरमा सहयोग गरिएको समुहका अध्यक्ष अरुणराज उपाध्यायले अनलाइन केन्द्रलाई बताए ।

उनले भने–हाम्रो समुह नयाँ बर्षकै अबसरमा स्थापना भएको हो, स्थापना दिवसकै अवसरमा केही रकम बराबरको आमाघरमा आबश्यक समाग्री सहयोग गरेका हौ , यस्तो कामको निरन्तरता कायम रहन्छ । समुुहका उपाध्यक्ष घनश्याम रिजालले मानवीय सेवामा आमाघरले बलियो उदाहरण दिएको बताउदै आमाघरकी संचालक दिलशोभा श्रेष्ठबाट आम नेपालीले सिक्नुपर्ने बताए ।

रिजालले आमा घरमा रहेका आमाहरुको लागी सहयोग गर्न पाउदा निक्कै खुसी लागेको बताए । समुहको सहयोगपछी श्रेष्ठले युवाहरुको समूहले सहयोग गरेकोमा खुसी लागेको बताईन । उनले मरेपछि श्राद्द गर्नुभन्दा जिउँदोमा श्रद्धा गर्नु महत्त्वपूर्ण रहेको बताइन् ।

समहुको पहिलो बार्षिक साधारण सभा सम्पन्न

साथीभाई बचत समुहको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समुहको बार्षिक गतिविधि,आयव्यय तथा प्रगती विवरण प्रस्तुत गरिएको थियो ।

सभामा अध्यक्ष सिलवालले सबैको सकारात्मक सोचले मात्रै समुह एक भएर जान सक्ने बताए । उनले समुहको स्थापना पछि सदस्यहरुमा धेरै किसिमको परिवर्तन आएको बताउदै समाज रुपान्तरणमा आगामी दिनमा समुहले महत्वुपर्ण काम गर्ने बताए ।

सभामा समुहका सचिव सञ्जय लम्सालले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष समिर काफ्लेले समहुको बार्षिक आर्थिक प्रतिवेदन तथा पेश गरेका थिए । समुहको एक बर्षमा झण्डै चार लाख बचत भएको बताएको छ ।

साथीभाईलाई लगानी तथा समुहमा बचर रकमको विषयमा सभामा प्रष्ट पारिएको थियो । समुहको पहिलो बार्षिक साधारण सभाले नियम संशोधन,समुहको नयाँ नामको परिकल्पना,लगानी मापदण्ड र नयाँ सदस्य थपका विषयमा छलफल गरेको छ ।

यसरी उदाउदैछ, युवाहरुको बलियो समुह

गतबर्ष मात्रै समुहको स्थापना भएको हो । बैशाखको पहिलो हप्ता कंलकीमा रहेको एक पसलमा केही चिनजानेका साथीहरुको चियापाना हुँदै थियो । अहिले समुहका एक जना सदस्य रहेका बसन्त कुमार श्रेष्ठले ख्याल–ख्यालैमा सय रुपैयाको नोट झिकेर टेबलमा राखे,उनैलाई ढाडस दिँदै अहिले समुहका अध्यक्ष समेत रहेका सिलवालले अर्को सय रुपैया निकाले नजिकै बसेर सबै गतिविधि नियालिरहेका उपाध्यक्ष रिजालले साथीहरु जिस्कदैछन भनेर खासै वास्ता गरेनन्, सोही समयमा नजिकै रहेका अर्का एक व्यक्ति समिर पाण्डेले यसलाई साथीहरुको रमाईलो भन्दै हल्का रुपमा लिईरहेका थिए । त्यही समयमा समुहका अहिलेका सदस्य समेत रहेका राज ढुंगानाले यसलाई साथीहरुले खाजा खाने तयारी गर्दैछन भन्ने बुझेका थिए ।

यसरी सबै साथीभाईहरु शंका–उपशंका साथै विभिन्न छलफल गर्दै साथीहरु जोडिने क्रम जारी रह्या्े । अहिले समुहमा युवा व्यवसायी,पर्यटन व्यवसायी,प्रतिष्ठत संस्थामा कार्यरत कर्मचारी,पत्रकार,राजनितिज्ञ लगायत बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ । यसरी सय रुपैयाबाट सुरु गर्दा आधा दर्जनको हारहारीमा रहेका सदस्यको संख्या आज २२ जना पुगेको छ । खासगरी नियमित भेट भईरहने,एकअर्कालाई नजिकबाट चिनेका र आफ्नो पेशामा रहेका व्यक्तिहरुको सभ्य समुह बनेको छ, साथीभाई बचत समुह ! यो समुहले अहिले मासिक ११ सय बचत गर्दै आईरहेको छ ।

पहिलो साधारण सभामा ३ जना नयाँ सदस्य थपिएको छ । सभाले यो बर्षबाट नियमित बचतमा ४ सय थप गर्दै १५ सय बनाएको छ । समुहका साथीभाईलाई जरुरी पर्दा बचत रकमबाट झिकेर चलाईन्छ । त्यसमा पनि केही नियमहरु बनाइएको छ । जसले गर्दा सबैले जम्मा गरेको रकमको सुरक्षा होस् । समुहमा २५ जना भन्दा नबढ्ने गरी सदस्यता निर्धारण गरिएको छ । यही बिचमा समुहले दिलशोभा श्रेष्ठले सञ्चालन गरिरहेको आमाघरमा सहयोग गर्यो । यसैगरी सामाजिक कार्यमा निश्चत रकम नै छुट्टाएर समाज सेवामा समेत अघि बढ्ने सभाले निर्णय गरेको छ । साथीभाईको व्यक्तित्व विकास,सहयोगी भाव, देखी आर्थिक सम्बृद्धी र समाज सेवालाई मुख्य लक्ष्य बनाएर अघि बढेको यो समुहले एक्लै हिँडिरहेका युवाहरुलाई सामुहिक भावना बनाएर अघि बढ्न सकिन्छ भन्ने बलियो उदाहरण पेश गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस