आइसीसी यु १९ छनौट क्रिकेटः नेपालले ओमानसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दवाव

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख ३, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको चौंथो खेलमा नेपालले आज (मंगलबार) ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला तीन खेलमा दुई जित निकालेको नेपालले चौंथो खेलमा ओमानसंग खेल्न लागेको हो । नेपाल र ओमानबीचको खेल बिहान ७:४५ मा सुरु हुनेछ ।

शिलानगोर ट्रफ क्लबको मैदानमा नेपाल ओमानलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।

ओमानलाई हराएर नेपाल शीर्ष स्थानको युनाईटेड अरब इमिरेट्स युएईमाथि दबाब सिर्जना गर्न चाहन्छ । ३ खेलमा पराजित युएईको ६ अंक रहेको छ ।

जारी छनोटमा नेपालले युएईसंग नै हार व्यहोरेको थियो । बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।

तर, नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो ।

तुलनात्मक रुपमा नेपाल भन्दा ओमान कमजोर देखिएको छ । ओमानले ३ खेलमा २ अंक जोडेको छ । तर, ओमानले नेपाललाई कडा चुनौती दिनेछ ।

नेपाल र ओमानबीच यसअघि मात्र एक पटक भेट भएको छ । जसमा नेपालले बाजी मारेको छ ।

सन् २००७ को एसीसी एलाइट कप यू-१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो । नेपाल ओमानविरुद्ध जितको इतिहासलाई समेत कायम राख्न चाहन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस