‘एमरर्जिङ प्लेयर अवार्ड’ : सन्दीप लामिछाने पनि दावेदार ! अवार्डको लागि भोटिङ खुल्ला

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख ३, मंगलबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस