मकालु एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका दुई सदस्यकै मृत्यू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • ५३ पटक पढिएको
Post Thumbnail

जेठ १, हुम्ला । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लाको खारपुला गाउँपालिका–२ को एक्लाभोज भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ ।

’नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो । सो सूचना महाप्रवन्धक क्षेत्रीले सन्चार माध्यमहरुमा दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस