नियमित रचना वाचन तथा स्रष्टा भेटघाटको ९१ औँ डबली सम्पन्न

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख ३, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

दीप मिलन

कतार। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखा र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो नियमित रचना वाचन तथा स्रष्टा भेटघाटको ९१ औँ डबली सम्पन्न गरेका छन्। कतारको नजमा स्थित गोरखा रेष्टुरेण्टमा गत शुक्रबार १२ अप्रिल २०१९ का दिन उक्त कार्यक्रम सम्पन्न गरेका हुन्। स्थानीय समय अनुसार दिनको ३ बजे सुरु भएको उक्त कार्यक्रम साँझ ५ बजे सकिएको थियो।

दोहामा भाषण रहित कार्यक्रमको पहिचान बनाउँदै आएको यस कार्यक्रमले कार्यक्रम निर्धारित समयमै सुरु गरि निर्धारित समयमै अन्त्य गर्ने गर्दछ। न सभापती न प्रमुख अतिथी लगायत अन्य अतिथी हुनु यस कार्यक्रमको मुख्य विशेषता रहेको छ। हरेक डबलीमा एकजना भिन्दै विशिष्ट श्रोता र फरक संयोजक रहनु यस कार्यक्रमको आफ्नोपन रहेकोछ। यति मात्र हैन यी दुई संस्थाहरूले संस्थागत एकता र कार्यशैलीको लागि विगत ९१ महिना देखि गर्दै आईरहेको संयुक्त डबलीले दुई संस्थाहरू पनि निरन्तर सँगै कार्यक्रम गरेर साहित्यको वृद्धि विकासमा तल्लिन रहन सकिन्छ भन्ने सन्देश दिँदै आईरहेका छन् । यस डबलीमा लामो समय देखि नेपाली साँगीतिक कार्यमा सक्रिय सँगीतकार सुरज जोशी विशिष्ट श्रोता रहेका थिए भने कार्यक्रम संयोजकमा नवोदित सदस्य महेन्द्र खड्का रहेका थिए।

कतारमा रहेर नेपाली भाषा साहित्यमा साधनारत साधकहरूले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए। कार्यक्रममा सुरेशमान रुम्बा देखि सुरु भएर सन्तोष कार्की, सुरेश परियार “आभाष” अनिल विष्ट “परिवर्तन” राम आचार्य “शायर” , “सुदामा” कृष्ण सुवेदी, बिन्दा लामा, चक्र कार्की शेखर बस्नेत, टीका खड्का “राष्ट्रप्रेमी” सीताराम थापा, दिलिप पराजुली, दीप प्रदीप कुमार, मणि पौडेल र प्रेम प्रसाद भट्टराईले गजल वाचन गरेका थिए। नारायण “निर्जल” भण्डारी, बिनोद अधिकारी ,यादव रेग्मी र सोतन्त्र नेपालले मुक्तक वाचन गरेका थिए। सागर भण्डारीले मुक्तक र गजल वाचन गरेका थिए भने बुद्ध राई, दीपक पुडासैनी र दीप मिलनले कविता वाचन गरेका थिए। स्रष्टाहरूले रचना सँगै नेपालीहरूको नयाँ वर्षको अवसरमा समस्त नेपाली समुदायमा सुख शान्ति सहित नयाँ वर्षको शुभकामना समेत व्यक्त गरेका थिए। कार्यक्रममा संयोजक महेन्द्र खड्काको विशेष मुक्तक वाचनले उपस्थित सबैको ध्यान केन्द्रित गर्न सफल भएको थियो।
कार्यक्रमको अन्तिममा विशिष्ट श्रोता जोशीले गितार बजाउँदै जोमसोमे बजारमा, चरी मर्‍यो सिसैको गोलीले जस्ता चर्चित गीतहरू गाएर कार्यक्रमलाई थप रोचक बनाएका थिए। अ ने सा स नवोदित सँग आफू पनि निरन्तर सहयात्रा गरि आफुले सक्दो सहयोग गर्ने वचन व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। स्मरण रहोस् उक्त कार्यक्रमलाई रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गर्दै आईरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस