डेम्बेले नेयमारभन्दा उत्कृष्ट !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख ३, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले युवा खेलाडी ओसमान डेम्बेले नेयमारभन्दा पनि उत्कृष्ट रहेको दाबी गरेका छन् ।

सन् २०१७ मा विश्वकिर्तिमानी २२.२ करोड युरोमा बार्सिलोना छाड्दै पीएसजीसँग नेयमार आबद्ध बनेपछि बार्सिलोनाले उनको स्थानमा बोरुसिया डर्टमण्डबाट डेम्बेलेलाई १०.५ करोड युरोमा बार्सिलोना भित्र्याएको थियो ।

स्पेनिस टिभी टिभीईसँग कुरा गर्दै बार्टोमेउलेले भने, ‘नेयमारको बिक्रीबाट प्राप्त रकमले हामीले डेम्बेले र फिलिपे काउन्टिन्होको परियोजना शुरु गरेका हौँ ।’

‘अहिले डेम्बेलेको स्तर नेयमारभन्दा उत्कृष्ट रहेको छ । उनी अहिले नेयमारभन्दा राम्रो खेलाडी बनेका छन् र आफूलाई यहाँ घुलमिल गराइसकेका छन् ।’

‘काउन्टिन्हो पनि राम्रो खेलाडी हुन्, उत्कृष्ट छन् र समयसँगै थप राम्रो बन्दै गइरहेका छन् । बार्सिलोनामा खेल्न त्यति सजिलो पनि छैन । उनलाई प्रशिक्षकले पनि विश्वास गरेका छन् । उनीबाट अझै राम्रो फुटबल हेर्न पाउने हामीले अपेक्षा गरेका छौँ ।’

‘उनी बार्सिलोनामा मै रहनेछन् । किनभने उनी फरक खेलाडी छन् । बार्सिलोनालाई फरक खेलाडी चाहिन्छन् ।’

५६ वर्षीय अध्यक्षले अन्तरवार्ताको दौरान नयाँ सिजन खेलाडीहरुको अनुबन्धको बारेमा पनि कुराकानी गरेका थिए ।

बार्सिलोनाले आयाक्सबाट यसअघि नै फ्रेंकी डि जोङलाई ७.५ करोड युरोमा अनुबन्ध गरिसकेको छ भने बार्टोमेउले क्लबकै डिफेन्डर म्याथिज डी लाइटलाई पनि क्लबले नियाली रहेको खुलासा गरे ।

उनले एन्टोनियो ग्रिजमानलाई क्लबले अनुबन्ध गर्ने तयारी नगरेको पनि स्पष्ट पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस