पन्जाबद्वारा राजस्थान पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख ४, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ४, काठमाडौँ । किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार पन्जाबले राजस्थानलाई १२ रनले हराएको हो ।

घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

राजस्थानका राहुल त्रिपाठीले ५० रन अर्धशतकिय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै स्टुवार्ड बिनीले अविजित ३१ रन बनाए ।

त्यस्तै राजस्थानका संजु सामसनले २७,अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाए ।

पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

जितसंगै पन्जाबले लिगमा पाँचौ जित निकालेको छ । र, चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

योसंगै पन्जाबले यस सिजन दोस्रो पटक राजस्थानलाई हराउन सफल भएको छ । यसअघि यस सिजनको पहिलो भेटमा पन्जाबले राजस्थानलाई उसैको मैदानमा १४ रनले हराएको थियो ।एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस