बैशाख ४, काठमाडौँ । चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनी ओत लाग्नु हुँदैन।
प्रायः जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा बढी चट्याङ पर्ने भएकाले पानी परेको बेला यस्ता ठाउँमा बस्नु हुँदैन।
दिउँसो ३ देखि ४ बजेसम्मको समयमा चट्याङ पर्ने सम्भावना वढी हुन्छ। तसर्थ, चट्याङ पर्ने संकेत देखिएको बेला घरमै बस्न उचित हुन्छ।
चट्याङ प्रतिरोधी घर बनाउनुपर्छ। घरमाथि तामाको रड राखेर घरमुनी माटोमा जिआइ पाता गाडेमा चट्याङको जोखिम हुँदैन।
चट्याङ परेको बेला विद्युतिय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन।
चट्याङ पर्ने अबस्था देखिएमा खुल्ला ठाउँमा तथा छल नभएको सवारीमा भए सुरक्षित ठाउँमा जानुपर्छ।